+
+

नेपालविरुद्ध भारतका जैसवालको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते ८:०४

१६ असोज, काठमाडौं । ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दै १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालविरुद्ध शतक हानेका छन् ।

जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गर्दै शतक हानेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले जैसवालको विष्फोटक ब्याटिङमा १६ ओभरमा चार विकेटको क्षतिमा १४९ रन बनाएर खेलिरहेको छ ।

१०० रन बनाएसँगै जैसवाल दीपेन्द्रसिंह ऐरीबाट आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?