+
+

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते ११:०६

१६ असोज, काठमाडौं । सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

१५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाकेा लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार २३ असोजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले ५६ मेगावट क्षमताको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम एक अर्ब ५० करोडसम्म लगानी गर्ने जनाएको छ । उक्त लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

जुम खोला जलविद्युत आयोजनाको बैक कर्जा प्रयोजनका लागि प्रचलित कानूनले तोकेको सीमाभित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारण सभाको स्वीकृतिका प्रस्ताव पनि साधारणसभामा लैजाने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?