+
+

सन्नी देओललाई लिएर आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:२१

काठमाडौं । बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मका लागि अर्का अभिनेता सन्नी देओलसँग हात मिलाएका छन् । जसअनुसार अब आमिरले सन्नी देओल स्टारर फिल्म ‘लाहोर १९४७’ निर्माण गर्नेछन् ।

यो फिल्मलाई ९० को दशकका चर्चित निर्देशक राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् । आमिर खान प्रोडक्सनले मंगलबार अक्टोबर ३ मा फिल्मको घोषणा गरेको हो ।

बलिउडमा सन्नी र राजकुमार सन्तोषीको मित्रतालाई खास मानिन्छ । सन्तोषीले सन्नीलाई घायल, घटक र दामिनी जस्ता सुपरहिट फिल्ममा निर्देशन गरेका छन् । यी तीन फिल्ममा सन्नीको भूमिका निकै रुचाइएको थियो ।

फिल्मको घोषणा गर्दै आमिर खान प्रोडक्सनले भनेको छ, ‘म, सन्नी देओल र राजकुमार सन्तोषीले फिल्म लाहोर, १९४७ को लागि हात मिलाएको घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई आशा छ, यो यात्रा अद्भूत छ । हामीलाई तपाईंको प्रार्थना चाहिन्छ ।’

फिल्मको बजेट करिब १०० करोड भारु बताइएको छ । जसको अधिकांश हिस्सा सन्नी देओलको पारिश्रमिक हुन सक्छ । ‘गदर २’ को ब्लकबस्टर सफलतापछि सनी देओलको बजार मूल्य निकै बढेको छ । अहिले उनले एउटा फिल्मका लागि ४० देखि ५० करोड रुपैयाँ भारु पारिश्रमिक लिने गरेको खबर छ ।

यो फिल्ममा धेरैपछि सन्नी र सन्तोषीले सहकार्य गर्दैछन् । यी दुईको पछिल्लो फिल्म ‘घातक’ थियो ।  सन्नी देओल र राजकुमार सन्तोषी धेरै वर्षपछि सँगै आउँदैछन् । घटकपछि दुवैले सँगै कुनै फिल्म गरेनन् । फिल्म ‘भगत सिंह’लाई लिएर दुवैबीच विवाद भयो र त्यसपछि दुवैले सँगै काम गरेनन् ।

राजकुमार सन्तोषीको निर्देशनमा सन्नीले दुईवटा राष्ट्रिय अवार्ड जिते । ‘घायल’को लागि पहिलो र ‘दामिनी’को लागि दोस्रो । यी दुई बलिउड फिल्म उद्योगको सबैभन्दा सफल अभिनेता-निर्देशक जोडीमध्ये एक हुन् ।

यो फिल्मसँगै आमिर खान र राजकुमार सन्तोषी पनि धेरै वर्षपछि सँगै फर्किएका छन् । दुवैले सन् १९९४ मा आएको फिल्म ‘अन्दाज अपना–अपना’मा काम गरेका थिए । राजकुमार सन्तोषी निर्देशित यस फिल्ममा आमिरसहित सलमान पनि मुख्य भूमिकामा थिए । केही समयदेखि ‘अन्दाज अपना अपना’को सिक्वेलको चर्चा चलिरहेको छ ।

एक समय थियो, जब आमिर र सन्नी देओलका फिल्म बक्स अफिसमा भिड्ने गर्थे । सन् २००१ मा ‘गदर’ र ‘लगान’को भिडन्तलाई कसले पो बिर्सन सक्छ ? दुवै फिल्मलाई निकै रुचाइएको थियो । तर कमाइको मामिलामा सन्नी देओलको ‘गदर’ निकै अगाडि थियो ।

हालै ‘गदर २’ को सक्सेस पार्टी आयोजना गर्दा आमिर पनि त्यहाँ पुगेका थिए । सन्नीले आमिरलाई न्यानो स्वागत गरे । आमिर र सन्नी एकसाथ आउने खबर रोचक छ किनकि एक समय यी दुईबीच प्रतिस्पर्धा थियो । ९० को दशकमा आमिरको फिल्म ‘दिल’ र सन्नी देओलको ‘घायल’ एकै दिन रिलिज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?