+
+

दीपक-दीपाले अर्को वर्षको दशैंमा ‘वडा नम्बर ६’ को सिक्वेल ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १३:४७

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्न लागेको ‘वडा नम्बर ६’ फिल्मको सिक्वेलको प्रदर्शन अर्को वर्षको दशैंमा हुने भएको छ । अनलाइनखबरसँग कुरा गर्दै गिरीले २०८१ सालको दशैंको फूलपातीमा फिल्म रिलिज हुने तय भएको बताए ।

योसहित अर्को एक फिल्म पनि २०८१ सालमा ल्याउने उनको तयारी छ । यस वर्ष दीपक–दीपाले मंसिरदेखि अर्को फिल्मको सुटिङ थाल्दैछन्, जसलाई वैशाख वा जेठमा प्रदर्शन गर्ने तयारी छ ।

‘अर्को दशैंको फूलपातीमा वडा नम्बर ६ को सिक्वेल आउने कन्फर्म भयो,’ दीपकले भने, ‘अहिले हामी तीनवटा फिल्मको स्क्रिप्ट लेखिरहेका छौं । आउने वर्ष तीनवटा फिल्म रिलिज हुनेछन् ।’ उनले तीनैवटा फिल्मको स्क्रिप्ट आफूलाई चित्त बुझेको पनि बताए ।

‘वडा नम्बर ६’ को श्रृंखलाको शीर्षक तय भए पनि उनले सार्वजनिक गर्न चाहेनन् । यसलाई दीपाश्रीले निर्देशन गर्ने सम्भावना छ । दीपकले यो फिल्मलाई पनि अघिल्लो भागलाई जस्तै सामाजिक र हास्यव्यंग्यको कथा बनाइने भएको छ ।

‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित सीताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्त रुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?