+
+

‘रावायण’ विवादमा पूजाको टिप्पणी : कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:२२

काठमाडौं । फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद अझै शान्त भइसकेको छैन । कलाकारले एकपछि अर्कोगरी टिप्पणी गर्न छाडेका छैनन् । प्रहरीसँगको सोधपुछमा अभिनेता अनमोल केसीले दिएको अभिव्यक्तिलाई लिएर पटकथा लेखक शिवम् अधिकारी एकातिर आक्रोशित छन् भने अर्कोतिर सुदर्शन थापाको बचाउमा अभिनेत्री पूजा शर्माले टिप्पणी गरेकी छन् ।

अनमोलले प्रहरीसँग आफूलाई ‘रावायण’को स्क्रिप्ट चित्त नबुझेकाले खेल्न अस्वीकार गरेको बताएका थिए । केसीको यो भनाइ मिडियामा सार्वजनिक भएपछि लेखक अधिकारी क्रुद्ध छन् । उनले यसलाई आफ्नो मानहानी भएको बताइरहेका छन् ।

बुधबार बिहान पूजाले पाथीभरा मन्दिरमा स्क्रिप्टको पूजा गरेको फोटो र भिडियो सार्वजनिक गर्दै निर्माता बचाउनुपर्ने पक्षमा अभिव्यक्ति दिएकी छन् । निर्माता तथा निर्देशक सुदर्शन थापाको पक्षमा खुल्दै उनले घुमाउरो ढंगले अनमोलप्रति कटाक्ष गरेकी छन् ।

पूजा लेख्छिन्, ‘अर्कोतिर भीड छ भन्दैमा सत्य मर्दैन । अझै प्रमाणसहित निर्माण पक्ष ठगिएको, धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोलि जसलाई पनि पर्न सक्छ । कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं । कोही पनि अन्यायमा नपरोस् । जय नेपाली सिनेमा । यो दिन म कहिल्यै बिर्सन्न पनि । जय पाथीभरा माता ।’

केही महिनाअघि एक फिल्ममा पूजा र अनमोलले सहकार्य गर्ने खबर बाहिरिएको थियो । तर त्यसपछि यो प्रोजेक्टलाई लिएर कुनै विकास भएको देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?