
१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन् ।
एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् ।
देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए ।
उनले नवनिर्वाचित कमिटीलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै ओलीले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4