+
+

वीर अस्पतालमा उपचाररत माओवादी सचिव आचार्यलाई भेटे प्रधानमन्त्रीले

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते ९:४५
Photo Credit : PM Secretariat

१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए । मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसारमा उनमा दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनको रक्तचाप नियन्त्रणमा रहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको स्रोतले बतायो । उनलाई केही दिन अस्पतालमै राखेर थेरापी लगायतका विधिबाट उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन चिकित्सकहरुलाई भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?