+
+

हथौडाले अनुहारको हड्डी फोड्ने घातक ट्रेण्ड टिकटकमा भाइरल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १०:३१

शर्ट भिडियो प्लाटर्फम टिकटकमा एउटा नयाँ हानिकारक ट्रेण्ड भाइरल बनिरहेको छ ।

Bone Smashing अर्थात् अनुहारको हड्डी तोड्ने उक्त अनौठो तथा घातक ट्रेण्डका कारण मानिसहरु घाइते बनिरहेका छन् ।

आफ्नो अनुहारलाई सुन्दर बनाउनका लागि भन्दै अनुहारमा हथौडा, बोतल तथा मसाजर जस्ता वस्तुहरुले हिर्काउने काम टिकटकमा ट्रेण्डिङ भैरहेको छ ।

फोर्ब्सका अनुसार Bone Smashing Tutorial भिडियोहरु टिकटकमा करिब २७ करोड पटक हेरिएको छ ।

टिकटकमा चलिरहेको अनुहारको हड्डी फोर्ने ट्रेण्डलाई १९औं शताब्दीका जर्मन एनाटोमिस्ट तथा सर्जन जुलियस ओल्फको नियमसँग जोडेर हेरिएको छ ।

ओल्फका अनुसार कुनै पनि मानिसका हड्डीहरू निरन्तर रुपमा पुराना वा क्षतिग्रस्त हड्डीहरुसँगै रिमोडलिङबाट गुज्रिरहेका हुन्छन् र नियमित रुपमा नयाँ बनिरहेका हुन्छन् । अनि पुराना हड्डीहरुको ठाउँमा नयाँ हड्डीको निर्माण भैरहेको हुन्छ ।

Bone Smashing Trend मा पनि मानिसहरु आफ्नो अनुहारलाई हथौडाले प्रहार गर्दै विद्यमान अनुहारलाई सुन्दर बनाउने दाबी गरिरहेका छन् ।

मानिसहरु हथौडालगायतले अनुहारको हड्डी तोडेका भिडियोहरु टिकटकमा पोस्ट गरिरहेका छन् । तर फोर्ब्सका अनुसार टिकटक प्रयोगकर्ताहरुले जानिबुझी आफ्नो अनुहारमा जुन शारीरिक पीडा दिइरहेका छन् त्यो ओल्फले व्याख्या गरेको नियमभन्दा निकै फरक छ ।

यस्तो खालको प्रहारले अनुहारलाई सुन्दर बनाउनुको साटो वास्तवमा हड्डी भाँच्चिने तथा अनुहार झनै विकृत बन्ने जस्ता समस्या निम्त्याउन सक्दछ ।

किन हानिरहेका छन् मान्छेहरु आफ्नै अनुहारमा हथौडा ?

ओल्फको नियमानुसार मानिसको शरीरका हड्डीहरुमा यान्त्रिक बल तथा शारीरिक दबाब लगाउँदा हड्डीमा यस्तो रिमोडलिङको दर बढ्न सक्दछ र यो प्रक्रियामा मजबुत तथा मोटो हड्डी तयार हुन्छ ।

यस्तो खालको दबाब वा बलको कमीले हड्डी पातलो तथा कमजोर हुनसक्ने दाबी ओल्फले गरेका थिए । यहीँ भनाइमा भर पर्दै र त्यसको अन्य कुनै सबुतविना नै मानिसहरु अनुहारमा सुन्दर हड्डी आउने आशामा पुरानो हड्डीलाई हथौडाले फुटाउन थालेका छन् ।

आफ्नो अनुहार अझै सुन्दर बनोस् भन्नका लागि र नयाँ हड्डी मजबुत हुन्छ भन्ने विश्वासमा टिकटकमा अनुहारको हड्डी फोर्ने ट्रेण्ड भाइरल बनिरहेको हो । तर, यसो गर्नाले अनुहार आकर्षक बन्नुको साटो झनै गम्भीर घाउचोट लाग्ने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?