+
+

देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १५:१६

१८ असोज, काठमाडौं । बचकर्ताको करिब २ करोड रकम अपचलन गरेको अरोप लागेको देउराली बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चौलागाईंलाई १६ असोजमा पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगि गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले उनीविरूद्ध उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिने तर्फ आवश्यक पहल नगरेको बताएक छन् ।

बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

अहिले चौलागाईंलाई मात्रै पक्राउ गरेको भएपनि उनको बयानको आधारमा थप कारवाही अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?