+
+

समिट एयरले ५ महिनापछि धनगढीबाट बझाङ, बाजुरा र अछाममा थाल्यो उडान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:१४

१८ असोज, धनगढी । पाँच महिनादेखि रोकिएको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारू भएको छ । गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।

समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए । उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ । खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए ।

समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ । बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ । समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?