+
+

सविन राईले शुक्रबार भीटू क्लबमा लाइभ प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १८:१५
फाइल तस्वीर

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा लोकप्रिय पप-रक गायक सविन राईले  शुक्रबार लाइभ प्रस्तुति दिने भएका छन् ।

साँझ ७ बजेबाट सुरु हुने कार्यक्रमको सुरुमा डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् । राति ११ बजे गायक सविन राई स्टेज चढ्नेछन् । कुनै समयका चर्चित गायक राई पछिल्लो समय भने सुस्ताएको देखिन्छ ।

धरानलाई कर्मथलो बनाएका उनका ‘गुँरासको फेदमुनि’, ‘म संसार जित्ने आँट’, ‘सुन्दरताको तिमी नमुना हौ’ जस्ता गीत अत्यधिक रुचाइएका छन् । सन् २००१ मा उनले पहिलो एल्बम बजारमा ल्याएका थिए । यद्यपि यो अपेक्षित रुपमा चलेन । सन् २००३ मा  ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ चिनायो । ‘सतह’ एल्बमले उनलाई जुन सफलता दिलायो, त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीतप्रेमीमाझ सर्वप्रिय छन् ।

भीटूका व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘हामीले युवा ग्राहकहरुको रुचिलाई मध्यनजर गरेर नियमितजसो कुनै न कुनै गायकलाई निम्तो गर्नेछौं । यसपालि सविन राईले आफ्ना नयाँ पुराना गीतहरु पस्किनेछन् ।’

दरबारमार्गस्थित भीटू क्लब हालै मात्र सञ्चालनमा आएको हो । यो क्लबले हरेक दिन फरक-फरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको सञ्चालक कृष्णकुमार बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?