+
+

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १८:२०

१८ असोज, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका निमित्त क्याम्पस प्रमुख रेग्मीले बताए ।

‘हामी सामूहिक रुपमा छलफल गर्दा अहिलेको अवस्थामा हामी काम गर्न सक्दैनौं भन्ने निष्कर्ष निकालेर राजीनामा बुझाएका हौं’, उनले भने ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन र सहायक डिनहरुलाई सत्तारुढ दलका विद्यार्थी प्रतिनिधिले दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाएको प्राध्यापकहरुले बताएका छन् ।

बुधबार जारी सूचनामा यस्ता क्रियाकलापले इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने ठहर गर्दै अब हुने वार्ताको औचित्य समाप्त भएकाले राजीनामा दिने निर्णउ भएको उल्लेख छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले तीन लाख १८ हजार रहेको इन्जिनियरिङको स्नातह तह अध्ययनको शुल्क यो वर्षदेखि बढाएर ७ बढाएर लाख ७५ हजार पु¥याएपछि विवाद सुरु भएको थियो ।

तर त्रिवि र विद्यार्थी संगठनहरुको वार्तामा बढेको शुल्क फिर्ता गर्ने र शुल्क निर्धारण गर्न समिति गठन गर्ने सहमति भएको थियो ।

समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गरेको थियो । तर समितिले सिफारिस गरेको शुल्क कायम गर्न विद्यार्थी संगठनहरु तयार नभएपछि डिन कार्यालयले नयाँ शुल्क निर्णय गर्न सकेन ।

तर सोमबार राति एकाएक पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने उल्लेख भएको इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीको हस्ताक्षरसहितको विज्ञप्ति जारी भएको थियो ।

पुलचोक क्याम्पसका विभागीय प्रमुखहरु, उपप्रमुखहरु, स्नातकोत्तर कार्यक्रम संयोजक, सहायक क्याम्पस प्रमुखहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभाग प्रमुख तथा प्राध्यापक संघका अध्यक्ष प्रा.डा.हेमराज पन्तले सरकारले अनुदान नबढाउने र विद्यार्थी पनि शुल्क बढाउन नमानेपछि कसरी क्याम्पस चलाउने भन्ने प्रश्न उठेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?