+
+

प्रकाश सपुत स्टारर ‘परदेशी २’ को ट्रेलर : वैदेशिक रोजगारीको सामाजिक प्रभावको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १३:०८

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथा, द्वन्द्व र चरित्र चित्रणलाई लिएर महत्वपूर्ण खुलासा गर्छ ।

ट्रेलरमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङ चित्रित छन् । धन कमाउन अमेरिका भासिएको प्रकाशको पात्रमार्फत ट्रेलर सुरु हुन्छ । न्युयोर्क पुगेको उक्त पात्र वृद्ध बुवाआमा र बाटो हेर्दै बसेकी मायालुलाई भेट्न फर्किन्छ या फर्कंदैन ? ट्रेलरले धेरै कुरा बताउँछ ।

प्रशान्त तामाङ ‘परदेशी २’ मा पनि लाहुरेको भूमिकामा छन् । घर बिदामा फर्किएका प्रशान्तको पात्रको विवाह केकी अधिकारीसँग हुन्छ । अर्कोतर्फ, प्रकाश र केकीबीचको रोमान्टिक सम्बन्ध पनि दर्शाइएको छ । अमेरिकामा प्रकाश र वर्षाको पात्रको सानिध्यता पनि देखाइएको छ ।

निर्देशकले परदेशिएको चरित्रले कसरी सम्बन्ध बन्छन् र भत्कन्छन् भन्ने दर्शाउन खोजेका छन् । बुढा बाआमालाई घरमै छाडेर जाँदा कसरी पारिवार विखण्डित छन् भन्ने पनि देखाइएको छ । निर्देशक नारायण रायमाझीले ‘गोर्खापल्टन’ र ‘परदेशी’को मनोविज्ञान र संरचनामा यो फिल्म बनाएको बुझ्न सकिन्छ ।

रमेश बीजीको पटकथा रहेको फिल्मलाई राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् । घटस्थापनाको दुई दिनअघि रिलिज हुन लागेको फिल्मले दर्शकमा ‘फेस्टिभ मुड’ सिर्जना गर्ने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?