+
+

चाडपर्वमा प्रहरीको सुरक्षा योजना : पैदल गस्तीदेखि ड्रोनबाट निगरानीसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते २०:२२

२१ असोज, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर उपत्यकामा ७ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ ।

दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका लागि काठमाडौं, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्त रुपमा सुरक्षा योजना तयार पारिएको हो ।

प्रविधिसमेतको उच्चतम प्रयोग गरी प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गर्ने र शान्ति, सुरक्षा, अमय चयन कायम गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्‍ठ उपरीक्षक तथा प्रवक्ता दिनेश राज मैनाली जानकारी दिए ।

चाडबाडभरि ३ वटै जिल्लाहरुमा पैदल गस्ती गर्नेसहित मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाक थ्रो गेटसहित ड्रोन निगरानीसम्मको योजना रहेको उनले बताए ।

बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने प्रहरीले बताएको छ ।

मल, मार्टहरु र मुख्य–मुख्य नाकाहरुमा आधुनिक प्रविधिका तालीमप्राप्‍त कुकुरबाट चेकजाँच गर्ने योजना समेत छ ।

उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गर्ने योजना समेत छ । सवारी टिकटको कालो बजारी रोक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापन गर्ने, छतमा यात्रु र सामान राख्न नदिने लगायतका कामा प्ररहीले विशेष ध्यान दिने जनाएके छ ।

‘अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामो दूरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने र तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउनेछौं,’ प्रहरीले भनेको छ । यस्ता कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न प्ररहीले अनुरोध गरेको छ । साथै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने र नगद, बहुमूल्य सामान, गर गहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरे घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न र सकेसम्म साइरन जडित ताल्चा जोड्न प्रहरीले आग्रह गरेको छ । लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्न पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न र लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल नखेल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?