+
+

प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते ११:४५

काठमाडौं । हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन् । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ ।

प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो परेको छ । उनले जागिर गुमाउनुपरेको छ । उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् ।

उनले ट्वीटरमा लेखेकी थिइन्, ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’

‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ,’ दोस्रो ट्वीटमा उनी लेख्छिन् । उनको ट्वीटले रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोको ध्यान खिचेको छ । उनको कम्पनीले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ । यस वर्षको सुरुमा उनले खालिफालाई कम्पनीमा ल्याएका थिए, जहाँ उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन् ।

जागिर नै गुमाउनुपर्‍यो

रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफाको उक्त ट्वीटपछि त्रसित देखिएका छन् । लगत्तै उनले मिया खलिफालाई जागिरबाट निकालेको घोषणा गरे । यसलाई लिएर दुवैबीच चर्को बहस समेत भयो । मियाले अहिले जागिर गुमाइन् । खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ ।

वयस्क फिल्मका कारण परिचित खालिफाको पछिल्लो अभिव्यक्तिले लेबनानी-अमेरिकी मिडियाको ध्यान आकर्षित गरेको छ र नयाँ बहसलाई जन्म दिएको छ । सामाजिक सञ्जालमा यसबारे धेरै प्रतिक्रिया आएका छन् ।

हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ । इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ । दुवै पक्षतिर मृत्यु हुनेको संख्या बढिरहेको छ । यस घटनामा १० नेपाली विद्यार्थीले पनि ज्यान गुमाए । घटनामा ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?