 
																						२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन पार्टी मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।
गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय छ ।
‘सर्कुलरमा भनिएको छ, ‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी सञ्चलन गर्ने ।’
प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।
गत २४ मंसिरमा काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।
मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले सुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीति अनुसार सर्कुलर जारी भएको माओवादी नेताहरू बताउँछन् ।
२४ मंसिरदेखि एक महिनासम्म चल्ने हस्ताक्षर अभियानको संयोजक नागरिक अगुवा संयोजक श्याम श्रेष्ठ छन् ।
यो अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4