+
+

एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:०५

२३ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति एवंम् प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य तथा अछामकै पूर्व अध्यक्ष भरत साउँद र प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसो साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ५ बजे मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।

आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए, तर सहमति जुट्ने अवस्था नदेखिएपछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए ।

महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभएपछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर फर्किएका हुन् ।

रायल भ्रमण नगर्न सरकारको आग्रह

२३ असोज, काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले भनेको हो ।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।

उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिले जानकारी समेत गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?