+
+

इजरायलमा तनाव बढनसक्छ, वैकल्पिक योजनामा काम गरौं : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:४५

२३ असोज, काठमाडौंं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए ।

यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्न सक्ने भएर बस्नुपर्छ ।’

कोरोना महामारीको समयमा समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको घटनाबारे पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरुमा काम गरिराख्नुपर्ने सांसद पुनले बताए ।

उनले परराष्ट्र मन्त्रालय मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरेर नियमित जानकारी गराउनसमेत आग्रह गरे । ‘अप्ठ्यारो अवस्थामा सबैले राज्यको अभिभावकीय भूमिका आवश्यक पर्छ, यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ’ उनले भने, ‘मन्त्री सचिवज्यू वा प्रवक्ता को देखिने हो, देखिरहनु पर्छ । राज्य देखिनुपर्छ, आधिकारिक धारणा आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?