+
+

‘महागफाडी’को उपाधिका लागि १८ जनाले प्रतिस्पर्धा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १३:५७

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’मा १८ जना प्रतिस्पर्धी छनोट भएका छन् । निर्देशक नरेशनाथ योगीका अनुसार फिजिकल अडिसनमार्फत प्रतिस्पर्धी छानिएका हुन् ।

छनोट भएकोमा शुभमसिंह भूमियार, अमरेन्द्र यादव, अनिल राई, दीपेश घिमिरे, हरि गजुरेल, हुकुमबाबु वली, कृष्ण भुर्तेल, पुजन नेपाल, रेशम सापकोटा, सञ्जीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, डिल्लीराज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छन् ।

यो टिभी शोबारे निर्देशक योगी भन्छन्, ‘जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका छन् र जो बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महागफाडी उपयोगी र नवीन प्लेटफर्म सावित हुनेछ ।’

ढाकाटोपी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको शोमा विदेशस्थित नेपालीभाषी र नेपाली नागरिक सहभागी छन् । निर्माताका अनुसार सहभागीले सिजन अवधिभर ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गर्नुपर्नेछ ।

१६ हप्तासम्म चल्ने कार्यक्रमको फिनाले अष्ट्रेलिया र वर्ल्ड टुरको सुरुवात क्यानडाबाट गरिने आयोजक संस्थाले जनाएको छ । दर्शकको भोटका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । कार्यक्रम प्रसारण हुने टेलिभिजन च्यानलबारे भने केही खुलाइएको छैन ।

शोको निर्णायकमा कमेडियन शैलेन्द सिंखडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । अभिनेता कामेश्वर चौरासियाले यो शो होस्ट गर्नेछन् । यही शोबाट लामो समयपछि कामेश्वर टेलिभिजनको पर्दामा देखिंदैछन् । विजेताले १५ लाख, उपविजेताले १० लाख, सेकेण्ड रनरअपले ५ लाखसहित पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?