+
+

८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १२:५२

के तपाईंले एउटा बेड खरिद गर्नका लागि ६ लाख ६० हजार डलर अर्थात् करिब ८ करोड रुपैयाँ खर्च गर्न सक्नुहुन्छ ? सके पनि त्यतिधेरै पैसा खर्चेर कुन मुर्खले एउटा पलङ किन्ला । त्यतिमा त आलिशान महल नै किन्न सकिन्छ भन्नुहोला । तर तपाईंले नकिनेर के भो त ? यही करोडौंको बेड किन्नका लागि मान्छेहरु मरिहत्ते गरिरहेका छन् ।

बेड बिस्तारा उत्पादन तथा बिक्री गर्ने स्विडिस कम्पनी हेस्टेन्सले ८ करोड रुपैयाँ पर्ने बेड तयार गरेको छ । हातैले तयार गरिएको उक्त बेडलाई कम्पनीले स्लीप इन्स्ट्रुमेन्ट अर्थात् शयन साधनको रुपमा ब्रान्डिंग गरेको छ । बेयोन्से, ब्राड पिट, ड्रेक, टम क्रूज तथा एन्जेलिना जोली जस्तो सेलिब्रेटीहरुले त्यस्तो बेड खरिद गरिसकेको बताइएको छ ।

विशेष खालको चेकर प्याटर्नयुक्त यो बेडका अलग अलग मोडेलको मूल्य २ लाख ५० हजार डलरबाट सुरु हुन्छ । यो बेडमा घोडाको पुच्छरको रौंहरु प्रयोग गरिएको छ । यो बेडको निर्माता कम्पनी हेस्टेन्सको स्थापना सन् १८५२ मा स्वीडेनको वास्टर मेनल्याण्ड काउन्टीस्थित कोपिंगमा भएको हो । यो कम्पनीले पलङमा २५ वर्षको वारेन्टी दिन्छ ।

करोडौं खर्च गरेर पलङ किनेपछि ग्राहकहरु ढुक्क होउन् भन्ने कम्पनी चाहन्छ । त्यसैले खरिद गर्नुअघि ग्राहकलाई पलङको जाँच गर्न तथा ट्रायल गर्न पनि भनिन्छ । कम्पनी भन्छ, ‘जुन बिस्तारामा तपाईं जीवनभर सुत्नुहुन्छ, त्यसको परीक्षण निकै जरुरी छ । यसमा कुन धेरै समय पो लाग्छ र ?’

हेस्टेन्सको सबैभन्दा खास तथा मुख्य स्लीप स्पा फिचरले बेड प्रयोगको अनुभवलाई एक तह माथि उठाइदिएको छ ।

अमेरिकास्थित यो बेडका स्टोरहरुले ग्राहकलाई परीक्षण शयनको अवसर उपलब्ध गराउँछन् । यो निकै आरामदायी बेड हो ।

एक समाचार साइटका रिपोर्टरले न्युयोर्कमा यो स्लीप स्पाको भ्रमण गरेका छन् र भनेका छन् कि ग्राहकहरुलाई अँध्यारो तथा लेभेन्डरको सुगन्धयुक्त शोरुममा लैजाने कुरा उल्लेख गरेका छन् । त्यहाँ बस्नुअघि बेडलाई हेलो भन्न लगाइन्छ ।

स्टोरका एकजना प्रतिनिधिले ग्राहकसँग कुराकानी गर्दछन् र बेडको गद्दामा आराम गर्दा शरीरलाई कस्तो महसुस गर्नुभयो भनेर सोध्छन् । यस क्रममा एक घण्टा टेस्ट शयन गर्न पाइन्छ ।

करोडौंमा किनेको बेडको स्याहार सम्भार पनि खास हुने नै भयो । आफ्नो ओछ्यानलाई अत्युत्तम अवस्थामा राख्नका लागि यसलाई के समयको अन्तरालमा १८० डिग्री सम्म मोड्न तथा घुमाउन आवश्यक हुन्छ ताकि सुत्ने सतह शरीर तथा सुताइको स्थिति अनुकुल होस् ।

लण्डनमा द ल्यांगहमस्थित द इन्फिनिटी स्वीट होटल हस्टेन्सको यही बेडबाट सुसज्जित छ । यो बेड ३७ पत्र तथा २०० केजीभन्दा धेरै अनि सावधानीपूर्वक छनोट गरिएका चिजबाट निर्माण गरिएको छ । उक्त होटलमा पाहुना सुत्नका लागि तीनवटा अलग अलग हेस्टेन्स बिस्तारा छनोट गर्न सक्दछन् । उक्त बेड भएको स्वीट रुममा बस्नका लागि एक रातको १० हजार डलर अर्थात् करिब १३ लाख रुपैयाँ तिर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?