+
+

अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:०१

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् ।

थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताए । अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको थापाले बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा थियो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा थापाले भने,‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन,’ थापाले भने । नियुक्ति प्रक्रियाको मापदण्ड बदल्नै पर्ने उनले बताए ।

क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने थापाले बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न तर्क थापाले राखे ।

नीतिगत निर्णय के हो ? भनि कानुनमै स्पष्ट खुल्न पर्ने थापाको मत छ । कुन कुरा नीतिगत हो । ‘के कुरा नीतिगत हो र होइन भनि कानुनले नै स्पष्ट गरेपछि त्यसपछि मात्रै नीतिगत कुरा टुंिगन्छ, थापाले भने,‘क्याबिनेटले सबै कुरा नीतिगत गर्दैन । केही कुरा नीतिगत गर्दछ, केही कुरा गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?