
२५ असोज, दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका—४, घर भई दाङको भालुवाङ बस्ने २४ वर्षीय बिजय खनाल रहेका छन् ।
काठमाडौंबाट सुर्खेततर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको बसले बिहीबार बिहान बाटो काट्ने बेलामा खनाललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।
प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4