+
+

बालेन शाह र हानका प्रतिनिधि टोलीबीच भेटवार्ता, पर्यटन प्रवर्द्धनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:३१

२५ असोज, काठमाडौं । पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र होटल संघ नेपाल (हान)का प्रतिनिधि टोली बीच छलफल भएको छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधि टोली र मेयर शाहबीच पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल भएको हो ।

छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरु प्रस्तुत गरेका थिए ।

छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए ।

भेटमा प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

काठमाडौं महानगरपालिका र होटल संंघ नेपालको पर्यटन प्रवर्द्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा मेयर शाहले महानगरपालिका सकारात्मक रहेको भन्दै पर्यटन प्रवर्द्धनमा कामनपाले तयार पारेका विभिन्न कार्यक्रमहरु नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?