+
+

गोकर्णेश्वरमा लुटेरा समूहबाट पेस्तोल र ७ राउण्ड गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:००

२५ असोज, काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएको थियो ।

त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।

घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?