+
+

फिल्म ‘राजागञ्ज’लाई नर्वेको सोर्फोन्डबाट ७६ लाख राशिको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १६:५३

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’को छायांकन गत महिना सम्पन्न भइसकेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्मलाई लिएर अब नयाँ खबर छ ।

यो फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) जितेको छ। यो फिल्म उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक रहेको भेराइटीको समाचारमा उल्लेख छ ।

रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । त्यसपछि लोकार्नोमा । सन् २०१६ मा रिलिज भएको उनको अर्को फिल्म ‘ह्वाइट सन्’ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जितेको थियो ।

रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा लिखित, ‘द स्काई इज माइन’ले दक्षिण एसियामा जातीय प्रथाको कथा पेश गर्छ जहाँ छालाको रङलाई लिएर विभेद गरिन्छ ।

फिल्मले गहुँगोरो वर्णकी नेपाली प्रहरी अधिकृतलाई पछ्याउँछ, जसले शताब्दीयौं पुरानो लैंगिक विभेदको मान्यता तोड्दै देशकै पहिलो महिला जासूस अधिकृत बनेकी छन् । उनलाई हिंसा भड्किएको शहरबाट काम थाल्छिन् । कालो छाला भएका मधेशीमाथि हुने प्रणालीगत विभेदको विरोधमा हजारौं सडकमा उत्रिएका बेला दुई गहुँगोरो वर्णका युवक फिरौती मागेपछि अपहरणमा छन् ।

फिल्मले यो विभेद र चर्किएको मधेश आन्दोलनको बीचमा यी पात्रको कथालाई पेश गर्छ । रौनियारकी श्रीमती तथा अभिनेत्री आशा मगरातीले फिल्ममा पूजाको भूमिका निर्वाह गरेकी छन् । पूर्वमिस नेपाल निकिता चाण्डक फिल्ममा ममताको पात्रमा छिन् । यो फिल्ममा दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । दयाहाङको पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ हालै टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

फिल्मको निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो ।

यसैवर्ष ब्लकबस्टर नेपाली फिल्म ‘जारी’ निर्माण गरेका गुरुङले भने, ‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपाली चलचित्र क्षेत्रको लागि एउटा ऐतिहासिक चलचित्र हुनेछ र यसले बाँसुरी चलचित्रको पोर्टफोलियो बढाउनेमा म खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?