+
+

वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित योजना : ८ जना विजेता घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १९:०९

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको ‘दशैंमा दश गुणा’ अभियानको पहिलो ‘लक्की ड्र’ को नतिजा सार्वजनिक गरेको छ ।

वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरु मध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् ।

कम्पनीकाअनुसार विजेता हुनेमा निर्मला पुन मगर, अनुप खड्का, रुबी खातुन, रामप्रकाश यादव, सुसिला बस्याल न्यौपाने, देवरेन देवी, मनिकाकुमारी चौधरी र सुदामा देवी मन्डल रहेका छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ ।

अभियान अवधिका प्रत्येक कारोबारहरु स्वत: रुपमा साप्ताहिक र बम्पर ड्र का लागि समावेश हुनेछन् । यो योजना नेपालभर ८ असोजदेखि १० मंसिरसम्म लागु हुनेछ।

यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले २५ हजार रूपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम १ लाख रूपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?