+
+
Shares

काठमाडौं महानगरले अस्थायी घर-टहराबाट पनि कर उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:५१

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अस्थायी घरदेखि साना टहरासम्मलाई सम्पत्ती करको दायरामा ल्याउने भएको छ ।

महानगरको राजस्व विभाग शाखाले सबै वडा कार्यालयका सचिवहरुलाई ‘कुनै व्यक्तिको निजी स्वामित्वमा रहेको जग्गामा नक्सा पास गरी वा नगरी चौघेरा हाली निर्माण भएको संरचनालाई घर मानी कर निर्धारण गरिने’ भन्दै पत्र पठाएको हो ।

विभागका निर्देशक ध्रुव काफ्लेले पठाएको पत्रमा ‘स्थायी वा अस्थायी घर, टहरा, सेडजस्ता संरचना समेतलाई सम्पत्ति कर प्रयोजनका लागि घर मानी निर्धारण गरिनेछ,’ पत्रमा भनिएको छ ।

काफ्लेले पठाएको पत्र अनुसार करदाताहरुको सम्पति थप भएमा वा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी हुँदा जग्गा वा भवनको क्षेत्रफल थप हुन गएको देखिएको सम्पति कर निर्धारण हुने उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?