+
+

सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १४:३९

२६ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ ।

बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल गरिरहेको हो ।

मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिका महासचिव विजय कुमार देवकोटाका २० बुँदा मध्ये आज अन्य बुँदामा छलफल भइरहेको छ ।

स्थानीय तहका कर्मचारीहरुले आन्दोलन र वार्ता दुवै समानन्तर गरिरहने बताएका छन् । स्थानीय तहबाट हुने अत्यावश्यक बाहेक सबै काम ठप्प पारेर कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?