+
+

मध्यावधि रोक्न सांसदहरूले मलाई समर्थन गर्नुभयो : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १०:२२

२७ असोज, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।

यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उनले बताए ।

कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनले बताए ।

उनले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे ।

‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ । संविधानले देखाएको बाटो अनुसार भएको हो,’ उनले भने, ‘ गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो । त्यसैले सांसदहरूको एकरुपताले मध्यावधिको बाटो राकेको हो ।’

उनले अब आफूले संविधान र ऐनले दिएको मुख्यमन्त्रीको कामकारबाही गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर  कार्कीको पक्षमा बुहुमत पुर्‍याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?