+
+

हमास समूहमाथि डिजिटल हमला, एक्सले हटाइदियो हजारौं अकाउन्ट्स

एजेन्सी एजेन्सी
२०८० असोज २७ गते १३:११

प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमण पश्चात् इजरायलले युद्धको घोषणा गर्दै तीव्र ढंगले प्रत्याक्रमण गरिरहेको छ ।

युद्धमा २ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु हजारौं घाइते र लाखौं विस्थापित भएका छन् ।

तर यो युद्ध केवल जमीन र आकासमा मात्र लडिएको छैन । यो युद्ध डिजिटल दुनियाँमा पनि भैरहेको छ।

सोसल मिडिया प्लाटर्फम एक्सले हमाससँग सम्बन्धित हजारौं अकाउन्टहरु हटाइदिएको छ । एक्स कम्पनीकी सीईओका अनुसार एक्सका कैयन् सामग्रीहरुमा लेबल पनि गरिएको छ ।

इजरायल र हमासबीचको युद्ध जारी छ । यो युद्ध केवल हतियारको बलमा मात्र लडिएको छैन, विश्वभरमा हमास र इजरायलका समर्थकहरु पनि आपसमा लडिरहेका छन् ।

यस प्रकारको संघर्षको सबैभन्दा ठूलो मञ्च सोसल मिडिया प्लाटर्फमहरु पनि बनिरहेका छन् । यी प्लाटर्फममा दुवैतर्फका युद्ध सम्बन्धी भिडियोहरु देख्न सकिन्छ ।

सोसल मिडिया प्लाटर्फम एक्सको टप ट्रेन्डमा अहिले हमास तथा इजरायल नै देखिन्छ । कैयन् ह्यासट्यागहरु टप ट्रेण्डमा सामेल छन् जसमा मानिसहरुले यही युद्धसँग सम्बन्धित सामाग्रीहरु शेयर गरेका छन् । यहीँ क्रममा एक्सकी सीईओ लिन्डा याकारिनोले बिहीबार उक्त महत्वपूर्ण घोषणा गरेकी हुन् ।

उनका अनुसार एक्सले हमाससँग सम्बन्धित हजारौं अकाउन्टहरुलाई आफ्नो प्लाटर्फमबाट हटाइदिएको छ ।

एक्सले हमाससँग सम्बन्धित अकाउन्टहरुलाई कि त हटाइदिएको छ कि त लेबल लगाइदिएको छ ।

इजरायलमाथि हमासको आक्रमण पश्चात् नै एक्सले हमाससँग सम्बन्धित लाखौं सामग्रीलाई लेबल गर्न सुरु गरेको छ ।

सीईओ याकारिनोले आफ्नो एक्स ह्याण्डलबाट एउटा पत्र पनि पोस्ट गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका आयुक्तलाई पठाइएको छ ।

याकारिनोले भनेकी छिन्, ‘हामी युरोपेली युनियनका देशहरुसहित विश्वभरका अन्य कानून कार्यान्वयन निकायहरुबाट प्राप्त अनुरोधको जवाफ तीव्र रुपमा दिइरहेका छौं ।’

वास्तवमा इजरायल र हमासको बीच चलिरहेको युद्ध साइबर दुनियाँमा पनि चलिरहेको छ । हमास समूहसँग सम्बन्धित व्यक्तिहरुले इजरायलका डिजिटल संरचनामा पनि आक्रमण गरिरहेका छन् ।

इजरायलका विभिन्न सरकारी वेबसाइटमा पनि साइबर हमला गरिएको छ । रिपोर्टका अनुसार करिब ३५ वटा प्यालेस्टाइनी समूहहरुले इजरायल लक्षित आक्रमण गरिरहेका छन् ।

त्यस्तै भारत निकट ह्याकिंग समूहको नाम पनि आइरहेको छ । जसले प्यालेस्टाइनसँग सम्बन्धित वेबसाइटहरुलाई तारो बनाइरहेको छ । यसको सिकार हमासको आधिकारिक वेबसाइट, प्यालेस्टाइनको राष्ट्रिय बैंक लगायतका विभिन्न वेबसाइटहरु बनेका छन् ।

 

 

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?