+
+

आज कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १३:०५

२८ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार ठूलो कारोबार हुने भएकाले शनिबार पनि सुन र चाँदीको मूल्य तोकिएको थियो ।

शुक्रबारको तुलनामा शनिबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँले बढेको थियो । तर, आइतबार सुन चाँदीको कारोबार शनिबारकै मूल्यमा भइरहेको महासंघले जनाएको ।

आइतबार छावाला सुनकाे प्रतितोला मूल्य १ लाख १३ हजार र तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० रुपैयाँ तोकिएको थियो ।

आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?