+
+

कोशीमा मन्त्री छान्दै एमाले, राम रानाको नाम टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १३:१०

२८ असोज, विराटनगर । नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए । ‘मुख्यमन्त्रीसँग छलफलपछि निर्णयमा पुग्छौं’, उनले भने ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन । ‘संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुन्छन्’, मुख्यमन्त्री कार्की निकट स्रोतले भन्यो, ‘सुरुमा को जाने भन्ने टुङ्गो लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?