+
+

टिकाको दिनबाहेक अध्यागमनको पर्यटक भिसा शाखा र एजेन्सी शाखा दशैंमा खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १३:४७

२८ असोज, काठमाडौं । दशैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुलै रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।

विभागकाअनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहने भएका छन् ।

यसबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको छ ।

यस्तै तिहारमा समेत भाइटिकाको दिन (२९ कात्तिक)मा मात्र पुरै कार्यालय बन्द हुने छ ।

अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।

यो पर्यटकीय मौसम हो । सोहीकारण विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिहरुका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?