+
+

नेपाली बजारमा भित्रिंदै हाइगर ब्राण्डका ईभी गाडी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते ११:५४

काठमाडौं । कमर्सियल गाडीहरूको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डका कमर्सियल विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याउने भएको छ ।

शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग शशिला माेटर्सले सम्झौता गरेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए । हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो ।
यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ ।

सुरूमा प्रालिले १६ सिट क्षमताका ईभी मिनि भ्यान र मिनीबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनीबस रेञ्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने प्रबन्ध निर्देशक खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?