+
+

शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले लिए अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १७:४०
फाइल तस्वीर

२८ असोज, काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोहीले अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।

सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १९८ जनाले अनुमति लिएका छन् । हिमलुङ हिमालमा १४ टोलीका १११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ संकलन गरेको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?