+
+

अध्यक्ष तिमिल्सिनाले स्थगित गरे राष्ट्रिय सभाको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १३:१८

२९ असोज, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना निकालेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको जानकारी दिए ।

सूचना अनुसार अर्को बैठक अध्यक्ष तिमिल्सिनाले तोकेको मितिमा बस्नेछ ।

‘…सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, महासचिव गौतमले निकालेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?