+
+

कोशी सरकारबारे प्रचण्ड : चलखेल रोकियो भनेको त फेरि एमाले छिराइहालेछन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १९:२०

२९ असोज, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी सरकारमा एमालेलाई सहभागी गराएकोमा असन्तुष्टि जनाएका छन् ।

समाजवादी मोर्चाले सोमबार धनगढीमा गरेको सन्देशसभामा माओवादी केन्द्रका अध्यक्ष समेत प्रधानमन्त्री प्रचण्डले कोशीमा सत्तारुढ र असन्तुष्ट कांग्रेसको अर्को गठबन्धन बन्नु लाजमर्दो भएको बताए ।

कांग्रेस पार्टी हो कि मोर्चा भन्ने प्रष्ट नभएको भन्दै प्रचण्डले भने, ‘यसलाई के गरी हल गर्ने भनेर धेरै मिहिनेत गरियो । अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइराला बसेर यो गठबन्धनमा दृढ छौं, स्पष्ट छौं । यसलाई कमजोर पार्न दिइने छैन भन्ने कमिटमेन्टमा हस्ताक्षर गर्‍यौं ।’

शनिबार भएको सहमतिसँगै एमालेले गरेको चलखेल रोकियो भनेर ढुक्क भएको त फेरि चलखेल भएको उनले बताए । ‘हामीले भनेका थियौं, नेपाली कांग्रेसको एक जना मात्र मन्त्री बनाउने विश्वासको मत लिनु अगाडि । अरु मन्त्री नबनाउने भनेको फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन्’ उनले भने, ‘आज फेरि त्यसलाई करेक्सन गर्दैछौं ।’

कोशीमा आइतबार मुख्यमन्त्री केदार कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका छन् ।

त्यसलाई करेक्सन गर्ने र ५ वर्ष यही गठबन्धन जाने उनको दाबी छ । ‘माधवजीले भनेको जस्तो ५ वर्ष यही गठबन्धन जान्छ ।’

‘जति पटक बल गर्छन्, त्यति उनीहरु आफैं नराम्रोसँग फसेका छन्’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?