+
+

इलामको रंगमञ्चमा चियाबारीको बेग्लै कथा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १३:२६

काठमाडौं । इलाम भन्नेबित्तिकै चिया बुझिन्छ । हेर्दाखेरि कसैले हरियो गलैंचा बिछ्याएजसरी लमतन्न फैलिएका छन् इलामका चियाबारी । श्रमिकहरुले चिया टिपेका कथा रोमान्टिक तरिकाले बढाइचढाइँ पोखिएकै छन् । तर चियाबारीमा टिपिएका मीठा चियाहरुको वास्तविक कथा र त्यसको स्वाद चाहिं मीठो नै होला त ? कि हामीले सुन्दै आएको भन्दा भिन्न कथा होला ?

चेतना नाट्य समूहले यसै प्रश्नको जवाफ ‘चियाबारी : मीठो चियाको कथा’ नाटकबाट खोज्ने प्रयास गरेको छ । क्लासी ग्लासमा होइन, झर्केबटुकामा चिया पिउने, अनि त्योसँगै आफूहरुको सास्तीबारे कुरा गर्ने महिलाहरु यसका मुख्य पात्र हुन् ।

उनीहरुले डेढ सय वर्षयताको चियाको वास्तविक इतिहासमा आफूहरु किन छुट्यौं भन्ने प्रश्नमाथि विवेचना गरेका छन् । किनभने श्रमिकले चिया फलाउँछ, उद्योगीले बजारसम्म त्यसलाई पुर्‍याउँदा वास्तविक किसान कति फाइदा वा नोक्सानमा पर्छ कसैले हेरेको छैन ।

इलाम सदरमुकामको टुँडिखेलमा चेतना नाट्य समूहले देखाइरहेको यो नाटकलाई अन्वेश थुलुङले निर्देशन गरेका हुन् । यसअघि बसन्त बस्नेतको उपन्यास ‘महाभारा’लाई नाटकमा रुपान्तरण गरेर ठूलो वाहवाही बटुलेका अन्वेश मोफसलमा पनि सीमित प्रविधि, प्रप्सलगायतका आधारमा पनि उम्दा नाटक देखाउन सकिन्छ भनेर लागिपरेका युवा हुन् ।

‘नाटक बनाउनुअघि मैले इलामका गाउँ-गाउँ पुगेर वास्तविक कथाहरु बुझ्ने प्रयास गरें,’ अन्वेश भन्छन्, ‘हामीले बाहिरबाट सुनेको कथाभन्दा भिन्दै छ त्यहाँको मर्का । यसैलाई नाटकमा देखाउने प्रयास गरेको हुँ ।’

चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले यसलाई केवल रंगमञ्चमा प्रस्तुत गरिएको कला मात्रै नसम्झन, बरु कलामार्फत् बोलिएको यथार्थ बुझ्न आग्रह गरे । ‘यो चियाको अभियान पनि हो,’ उनी भन्छन्, ‘दर्शकको जुन माया पाएका छौं, यो अविस्मरणीय र अतुलनीय छ ।’

स्वीर : चेतना नाट्य समूह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?