+
+

प्यालेस्टाइनमा हमला रोक्न माग गर्दै इजरायली दूतावासबाहिर प्रदर्शन (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० असोज ३० गते १४:३८

३० असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ ।

काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन् ।

दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध युद्ध घोषणा गरेको छ र गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?