+
+

पल र दीपिकाको ‘मायावी’को पहिलो चरणको छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १३:२८

काठमाडौं । अभिनेता पल शाहले कमब्याक फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकेका छन् । मुस्ताङ र पोखरापछि अब यो रोमान्टिक-कमेडी फिल्मको बाँकी छायांकन पोखरा र भारतका बैंग्लोर, मुम्बईमा गर्ने तयारी छ ।

निर्देशक दिवाकर भट्टराईले ३० दिनमा पहिलो चरण टुंगिएको बताए । ‘राम्रोसँग पहिलो चरण सकियो । बहुत राम्रो लभस्टोरी छ । मेरो यो ड्रिम प्रोजेक्ट हो भने पल शाहका लागि विशेष फिल्म हुनेछ,’ दिवाकरले भने ।

उनले ‘मायावी’ले पलको कमब्याकलाई नयाँ उचाइ दिने बताए । ‘उनका विगतका फिल्मभन्दा कामको हिसाबमा धेरै माथि छ । मैले यसपछि उनलाई फाइनेस्ट एक्टरको रुपमा देख्नेछु । म निश्चित छु,’ उनले भने ।

बालयौन दुरुपयोग मुद्दाका कारण एक वर्ष प्रहरी हिरासतमा बसेका पल रिहा भएपछि यो फिल्ममार्फत कमब्याक गर्न लागेका हुन् । पल स्वयंले सामाजिक सञ्जालमार्फत को–एक्टरसँगका तस्वीर सेयर गरेका छन् । दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ र सुशील सिटौलासँगका तस्वीर उनको टाइमलाइनमा देख्न सकिन्छ ।

एक किसिमले यी तस्वीर फिल्मको क्यारेक्टर लुक्स समेत हो । फिल्ममा पलले जोय, दीपिकाले आर्या र करिश्माले दिव्याको भूमिका निर्वाह गरेका छन् । फिल्ममा यी दुई अभिनेत्रीलाई पलकी प्रेमिकाको चरित्रमा देख्न सकिन्छ ।

क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा यो फिल्मलाई राज कटुवाल र चन्द्र पन्तले निर्माण गरेका हुन् । सहनिर्मातामा राजु पराजुली, रमा प्रसाईं र नमित झा छन् । फिल्मको प्रदर्शन मिति तय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?