+
+

एनएमबि बैंकलाई एफएमओले दियो २ करोड डलर ऋण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १४:४४

१ कात्तिक, काठमाडौं । एनएमबी बैंकले दुई करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।

बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

बैंक र एफमओबीचको यस साझेदारीमा एफएमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको बैंकले जनाएको छ । यस्तै बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रवर्द्धनका लागि प्राप्त भएको हो ।

बैंकले हाल २०१ शखाहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?