+
+

एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते ११:३७

२ कात्तिक, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश दिने भएको छ ।

१ कात्तिक बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले १५ प्रतिशतले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?