+
+

पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगियो, जिम्मेवारी भट्टराईलाई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १३:२१
मोहन भट्टराई

२ कात्तिक, विराटनगर । निर्वाचित अध्यक्ष वैदेशिक रोजगारीमा गएपछि नेपाल पत्रकार महासंघ मोरङमा देखिएको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले खुल्ला उपाध्यक्ष नै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष हुने विधानको व्याख्यासहित पत्र पठाएपछि मोरङको विवाद टुङ्गिएको हो ।

विदेश गएका अध्यक्ष सन्जिव खनालले महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । कार्यवाहकको विषयमा खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानको ब्याख्या गर्दै आवश्यक निर्णय दिन पत्रकार महासंघलाई पत्र पठाएका थिए ।

विधानको व्याख्या गर्दै केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ को उपदफा १ मा उल्लेखित बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारको विषय जिल्ला शाखाको हकमा खुल्ला उपाध्यक्षको हुने भएकाले सोही बमोजिम गर्न भन्दै प्रदेश समितिलाई पत्र पठाएको छ ।

केन्द्रले गरेको विधानको व्याख्या अनुसार नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष लिलाबल्लभ घिमिरे र महासचिव विवेक गौतमले मंगलबार पत्रकार महासंघ मोरङ शाखालाई पत्र पठाउँदै केन्द्रीय समितिको पत्रमा उल्लेख भएको विधानको व्याख्या अनुसार कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

विधानको व्याख्या र प्रदेशको निर्देशनपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मोहन भट्टराईले पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?