+
+

वित्तीय साक्षरताका लागि बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १४:५२

३ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा र फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे ।

समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् ।

कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फ बाट सुनिल केसी र अनिल शर्मा उपस्थित थियो ।

उक्त सम्झौता समारोहमा बोल्दै पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने आशा व्यक्त गर्दै सफलताका लागी शुभकामना व्यक्त गरे ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा रहेको बताए ।

फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने बताए । दाहाल पुर्व बैंकर तथा नेपाल बैंकर संघका पुर्व अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?