+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १८:३४

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सत्ताविरुद्ध असन्तुष्ट आम नागरिकले गर्ने संघर्षको कथा पेश गर्छ ।

मल्टिस्टारर फिल्मको ट्रेलरमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । आफ्नै नगरको मेयर संलग्न रहेको म्यानपावरले विदेश पठाउन ठगी गरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । लामिछानेले खाली खुट्टा नै विमानस्थल पुगेको दृश्यमा मर्मस्पर्शी अभिनय गरेका छन् ।

समाज र राजनीतिसँग जोडिएका विभिन्न पात्रलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले मेयरको मुकुण्डो उत्रिएपछि ती पात्रले के गर्लान भन्ने प्रश्न समेत सोधेको छ । ट्रेलरको अन्तिम दृश्यमा निर्देशक समेत रहेका बस्नेतलाई बाइक र्‍याली गरेको दृश्यमा देखाइएको छ ।

सिनेमा आर्ट् र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहार छेकोमा कार्तिक २४ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?