+
+

यूएईविरुद्ध आशिफ शेखको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १४:००

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।

आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।

यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन ।

नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको नेपालको इनिङ्स आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी र कुशल मल्ललाई सस्तैमा गुमाएको थियो । नेपालको तीन विकेट जाँदा जम्मा ११ रन थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?