+
+

पाल्पामा जीप र भ्यान दुर्घटना, १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १६:५५

६ कात्तिक, पाल्पा । पाल्पामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् ।

आज सोमबार बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

पाँचै जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा दुर्घटना भएको हो।

प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकाको थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ।

अन्य घाइतेहरुको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

जिपमा १४ जना सवार थिए ।

आइतबार बेलुकीमात्रै पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?