+
+

क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते ९:१६

९ कात्तिक, हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५  रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन आज बिहान पौने ६ बजे आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिँदा १८ वर्षीय  सहचालक विपिन महतोको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालेर उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पर्साको वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय चालक दशरथ पासवान भने दुर्घटनामा सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?