
९ कात्तिक, धनगढी । सुदूरपश्चिमका कैलाली, अछाम र डडेल्धुरा जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्युु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको गौरीगंगा र डडेल्धुरामा गाडीको ठक्करबाट दुई जना पैदल यात्री र अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका-६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा अन्दाजी ७० वषर्ीया महिलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी ती महिलाको राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।
ट्राफिक प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
डडेलधुरामा पनि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको सकाइलस्थित केआईसिंह राजमार्गको चमकोटमा गम्भीर अवस्थामा भेटिएका ५६ वर्षीय पैदलयात्री राजकुमार देउवाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बुधबार राति करीब १० बजे गाडीले ठक्कर दिएको अवस्थामा भेटिएका थिए । उपचारका क्रममा राति १२ बजे डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । देउवालाई ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।
यसैगरी अछाममा उकालो चढ्ने क्रममा ब्याक भएर जिप दुर्घटना हुँदा एक जनाको यात्रुको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ५ बजेतिर मंगलसेन नगरपालिका-१३ स्थित भित्री सडकखण्डमा सुपप्र ०१००१ ज १३१० नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक हुने क्रममा हामफालेका मंगलसेन-५ का ४६ वषर्ीय दिलबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
चालक मंगलसेन नगरपालिका-५ का गंगाराम भाट र जिपलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4