+
+

प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति बाइडेन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते १२:५९
Photo Credit : REUTERS/Tom Brenner

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनीहरूले सार्वजनिक गरिरहेको संख्यामाा आफूलाई विश्वास नलागेको बताएका छन् ।

बुधबार हृवाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनलाई गाजामा इजरायलले गरेको आक्रमणबाट ६५०० भन्दा बढी मानिसको मृत्यु भएको र त्यसमा २७०० भन्दा बढी बालबालिका रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयको तथ्यांक राखेर एक पत्रकारले राखेको प्रश्नमा बाइडेनले आफूलाई विश्वास नभएको जवाफ दिएका हुन् ।

‘प्यालेस्टिनीहरूले कति मानिसहरू मारिएका छन् भन्नेबारे सत्य बोलिरहेका छन् भन्ने कुरामा मलाई कुनै विश्वास छैन । म निश्चिन्त छु कि निर्दोषहरू मारिएका छन्, तर यो युद्ध लड्नुको मूल्य हो’, बाइडेनले भने ।

बाइडेनले इजरायलविरुद्ध युद्ध प्रचार गर्नेहरूको कुरामा ध्यान केन्द्रित नगर्न इजरायल होसियार रहनुपर्ने समेत बताए । ‘यो इजरायलको हितविरुद्धको कुरा हो । प्यालेस्टीहरूले भनिरहेको मृतकको संख्यामा मलाई विश्वास छैन’, बाइडेनले भनेका छन् ।

यद्यपि, बाइडेनले प्यालेस्टिनीले सार्वजनिक गरेको तथ्यांकमा किन विश्वास नलागेको हो भन्ने बारेमा भने कुनै प्रमाण पेस गरेनन् ।

बाइडेनको उक्त टिप्पणीमाथि काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसन (सीएआईआर) असन्तुष्टि व्यक्त गर्दै ‘विचलित’ बनाएको भन्दै राष्ट्रपतिलाई माफी माग्न आग्रह गरेको छ ।

‘हताहत हुनेको संख्याको पुष्टि भइसकेको छ । गाजाबाट हरेक दिन आउने अनगिन्ती भिडियोहरूले प्यालेस्टिनी महिला र बालबालिकाको क्षतविक्षत शवहरूले पनि यस घटनाको वास्तविकता के हो भन्ने देखाउँछ’, सीएआईएआरका कार्यकारी निर्देशक निहाद अवदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?